• २०८१ बैशाख २७ बिहीबार

वेस्टइण्डिजले जित्यो दक्षिण अफ्रीकाविरुद्धको टी-२० सिरिज

kharibot

काठमाडौँ । वेस्टइण्डिजले दक्षिण अफ्रीकाविरुद्धको टी-२० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइण्डिजले दक्षिण अफ्रीकालाई ७ रनले पराजित गर्दै सिरिज जितेको हो ।

वेस्ट इण्डिजले दिएको २२१ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २० ओभरमा ६ विकेट गुमाउदै २१३ रन बनाएपछि खेल ७ रनले हारेको थियो ।

दक्षिण अफ्रीकाका लागि रीजा हेनड्रिक्सले ४४ बलमा ८३  रन बनाए भने कप्तान एइडेन मार्क्रमले १८ बलमा ३५ रन बनाए पनि खेल जिताउन भने सकेकन । दक्षिण अफ्रीकालाई रोक्न वेस्ट इण्डिजका बलर अल्जारी जोसेपले ५ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले रोमारियो शेफेर्डको अविजित ४४ र निकोलस पुरनको १९ बलमा ४१ रनको मद्धतले २० ओभरमा ८ विकेट गुमाउदै २२० रन बनाएको थियो ।

यस खेलको प्लेयर अफ द म्याच वेस्ट इण्डिजका अल्जारी जोसेप बने भने प्लेयर अफ द सिरिज जोन्सन चार्लेज बनेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै