• २०८१ बैशाख १५ शनिबार

माओवादी केन्द्रबाट प्रत्यक्षमा विजयी १८ सांसद को को छन् ?

kharibot

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ ।

जसमा नेकपा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ ।  त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । 

माओवादी केन्द्र

१-    लेखनाथ दाहाल (सिन्धुली-२)
२-    पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१) 
३-    देवेन्द्र पौडेल (बागलुङ-२)
४-    माधव सापकोटा (सिन्धुपाल्चोक -१)
५-    पुष्पकमल दाहाल प्रचण्ड (गोरखा-२)
६-    बर्षमान पुन (रोल्पा)
७-    शक्तिबहादुर बस्नेत (जाजरकोट)
८-    रेखा शर्मा (दाङ-२)
९-    रामकुमार राई (खोटाङ)
१०-    अमनलाल मोदी (मोरङ-१)
११-    जनार्दन शर्मा (रुकुम पश्चिम)
१२-    सुदन किराँती (भोजपुर)
१३-    हितबहादुर तामाङ (नुवाकोट-१) 
१४-    महेन्द्र बहादुर शाही (कालिकोट)
१५-    छिरिङ डम्डुल लामा (हुम्ला)
१६-    सूर्यमान तामाङ (काभ्रे-१)
१७-    महेन्द्र राय यादव (सर्लाही-२)
१८-     गंगा कार्की (दोलखा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै