• २०८१ बैशाख १५ शनिबार

दक्षिण प्रशान्त क्षेत्रमा खस्यो चिनियाँ अन्तरिक्ष स्टेसन

kharibot

काठमाडौं । धेरै प्रतीक्षा गरिएको चिनियाँ अन्तरिक्ष स्टेसन अन्ततः दक्षिण प्रशान्त क्षेत्रमा खसेको अमेरिकी तथा चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

टिआंगोंग १ नामको उक्त स्पेस स्टेसन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ केही भागहरु जलेको थियो । ग्रिनविच मानक समयअनुसार सोमबार बिहान ८ बजेर १६ मिनेट जाँदा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको जनाइएको छ । 

४० फुट लामो उक्त स्टेसन करिब ८ टन वजनको थियो । यसअघि उक्त स्टेसन पृथ्वीमा खस्दा ठूलै क्षति गर्ने आँकलनका बीच सुरक्षित स्थानमा खसेको चीनले जनाएको छ ।

चिनियाँ द ग्लोबल टाइम्सका अनुसार इन्धन सकिएपछि स्टेसन नियन्त्रणबाहिर गएको थियो । उक्त स्टेसन चीनको महत्वाकांक्षी परियोजनामध्ये एक थियो ।

सन् २०२२ मा अन्तरिक्षमा मानवसहितको स्थायी अन्तरिक्ष स्टेसन स्थापना गर्नेमध्येको यो पहिलो खुड्किलो मानिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै