• २०८१ बैशाख १६ आइतबार

डोल्पामा प्रशारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सम्झौता

kharibot

सुर्खेत । डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्का लागि  विस्तृत अध्ययनको काम सुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीबीचमा आज प्रशारण लाइन निर्माण गर्न अध्ययन गर्न भन्दै सम्झौता भएको छ । 

डोल्पाको इलबाट उत्पादन भएको विद्युत रुकुम पश्चिमको बाफिकोट स्थित नेपाल विद्युत प्राद्यिकरणको सव स्टेशनमा जोडका लागि अध्ययन गर्न लागिएको हो । उद्धय जेभीसँग भएको उक्त सम्झौता भएसँगै अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रकास अधिकारीले जानकारी दिए ।

जगदुल्लाबाट १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । अघिल्लो वर्ष मात्र विद्युत खरिद , बिक्रीको काम आयोजनाले प्राद्यिकरणसँग गरिसकेको थियो । अर्ध जलाशययूक्त रहेको जगदुल्ला जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उदेश्य रहेको प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए ।

आयोजनाले अहिले सम्मा आयोजना स्थलको मुआव्जा दिइसकेको छ । संरचना निर्माणको लागि काम चलिरहेको छ । त्यस्तै जगदुल्ला जलविद्युत आयोजना  ८२.३ मेगावाटको वातावरणीय प्रभाव अध्ययन गर्न आज नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ । 

यो जगदुल्ला जलविद्युत आयोजनाले बनाउन लागेको अर्को आयोजना रहेको छ । आयोजना निर्माण स्थलमा जान र आउनका लागि तीन जिल्लाको संगम स्थल भेरी करिडोरको त्रिबेणीस्थित भेरी नदीमाथि पुल निर्माण कार्य सुरु गरिएको छ ।

त्यस्तै सडक निर्माणलाइ समेत तिब्रता दिइएको छ । त्रिवेणी देखि विद्युत उत्पादन गृह रहेको इल सम्मा जान र आउनका लागि सडक निर्माण कार्यसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए । 

आयोजना निर्माणलाई सघाउ पुर्‍याउनका लागि भेरी करिडोरको जाजरकोट र रुकुम पश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीके पुल निर्माण कार्य सडक डिभिजन चौरजहारीले गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै