• २०८१ बैशाख २२ शनिबार

हिप्पोपोटामसले बच्चालाई निलेपछि...

kharibot

काठमाडौँ । युगाण्डाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । अफ्रिकी देशमा दुई वर्षको बालकलाई जल घोडा (हिप्पोपोटामस) ले निल्यो । तालको किनारमा खेलिरहेको बालकलाई हिप्पोले निलेको थियो । तर त्यति नै बेला त्यहाँ उपस्थित एक व्यक्तिले ढुङ्गा हानेपछि हिप्पोले बालकलाई जिउँदै बाहिर थुकेको थियो ।

मिडिया रिपोर्टका अनुसार यो घटना हुदा दुई वर्षका पाउल इगा युगान्डाको लेक एडवर्ड नजिक खेलिरहेका थिए । हिपोले बच्चालाई पूरै निल्नु अघि स्थानीय नागरिक क्रिस्पास बागोन्जाले हिप्पोलाई ढुङ्गा हाने । ढुङ्गाले हानेर चोट लागेको हिप्पो डरायो र डरले उसले निर्दोषलाई मुखबाट फालिदियो ।

यसपछि बागोन्जाले उसलाई तालको किनारबाट बाहिर निकाले तर बच्चालाई हिप्पोपोटामसको दाँतले चोट लागेको थियो । बगोंजाले तुरुन्तै उनलाई अस्पताल लगे । अस्पतालमा प्राथमिक उपचार र रेबिज खोप लगाएपछि पललाई परिवारका सदस्यको जिम्मा लगाइएको थियो । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

युगाण्डा प्रहरीका अनुसार एडवर्ड तालको किनारमा हिप्पोले बच्चालाई निल्ने यो पहिलो घटना हो । तर, क्रिस्पास बागोन्जाको साहसका कारण बालकको ज्यान जोगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै