• २०८१ बैशाख १८ मंगलबार

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिदा आर्सनल फाइदामा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ ।

यस खेलमा म्यानचेस्टर युनाइटेडक लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

अब लिगका ७ खेल खेल्न बाँकी रहदा अहिले शिर्ष स्थानमा आर्सनल रहेको छ । ३१ खेलमा ७१ अंक रहेको आर्सनल र लिभरपुलको पनि ७१ अंक रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडी रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अंक रहेको छ ।

त्यस्तैगरी लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै