• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री देउवा र नेता भट्टराईबीच भेटवार्ता

kharibot

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार मध्यान्ह भेटघाट भएको हो । 

भेटको क्रममा भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनअन्तर्गत नै रहेकाले नयाँ सरकार गठन र शक्ति बाँडफाँडमा समेट्न प्रस्ताव गरेका छन् ।

यस विषयमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको भनाइ छ । 

भट्टराईले पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताउँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै