• २०८१ बैशाख १४ शुक्रबार

बेनिशा र नितुको स्वरमा ‘साथी’ बोलको गीत सार्वजनिक

kharibot

काठमाडौं ।  गायिका बेनिशा पौडेल र नितु पौडेलको स्वर रहेको साथी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

मानिसको जिन्दगीमा एउटा असल साथीको महत्व र भूमिका कति हुन्छ भन्ने कुरालाई नजिकबाट केलाइएको भिडियोमा मोडलद्वय अन्जना राउत र विना राउतको अभिनय देख्न सकिन्छ । 

डिपी खनालका शब्द शृजना रहेको गीतमा बबुली गिरीको संगीत, एरेन्ज र मिक्सिगं रहेको छ । दीपक गिरीको छायांकन, मोडल अञ्जना राउतकै निर्देशन रहेको भिडियोमा कोरियोग्राफि निशान एसकेको रहेको छ ।

मोडलिङमा आएको छोटो समयमा नै मोडल  अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला उनको निर्देशनमा तयार भएको पहिलो भिडियो बजारमा हाउको हो ।

जसले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।  सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो । भिडियो गायक पुरीकै अफिसियल च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

भिडियाे लिंक : 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै