• २०८१ बैशाख १५ शनिबार

राजेश राईको ‘झल्को ज्यानकै आउने’ सार्वजनिक

kharibot

काठमाडाैं । गायक राजेश राईले नयाँ म्युजिक भिडियो 'झल्को ज्यानकै आउने' ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शकमाझ ल्याएका गायक राजेशले योपटक 'झल्को ज्यानकै आउने' बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टार सिजन-१ का विजेता रहेका राजेश राईका `तोडियो तोडियो' ‘कालो कालो’ 'अर्खौले बजार' सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए  । झल्को ज्यानकै आउने पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ । 

गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन छ । भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियाेमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय देख्न सकिन्छ l 

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । 

भिडियो:

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै