• २०८१ बैशाख २४ सोमबार

माओवादीको वाग्मती प्रदेश संसदीय दलको नेतामा जम्मकट्टेल चयन

kharibot

हेटौंडा । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

काठमाडौंमा शनिबार बसेको संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमै दलको नेता चयन गरेको हो ।

वाग्मती प्रदेशसभामा २१ सिट जितेर माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ ।

वाग्मती प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । माओवादी पनि यसअघि वाग्मतीमा एमालेले मुख्यमन्त्री भइसकेको हुँदा यसपटक आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

यदि वाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परे जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै