• २०८१ बैशाख १५ शनिबार

सांसदद्वय माया राई र प्रेम आलेले लिए शपथ

kharibot

काठमाडौं  । प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् ।

आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै