• २०८१ बैशाख १५ शनिबार

दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

kharibot

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । 

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नै मन्त्री नियुक्त गरेका थिए । योसहित मनाङे चौथो पटक प्रदेशमा मन्त्री बनेका छन् । उनी यसअघि तीन पटक खेलकुदमन्त्री बनेका थिए । 

योसँगै मनाङे गण्डकी प्रदेशमा अहिलेसम्म बनेका सबै सरकारमा मन्त्री बन्न सफल भएका छन् । 

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे पछि एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए । तर आइतबार उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए ।

केन्द्रमा एमाले–माओवादीको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वको सरकार अल्पमतमा पुगेको छ । मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन लिने प्रयासस्वरूप  मनाङेलाई मन्त्री बनाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै