• २०८१ बैशाख २० बिहीबार

इराकी जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि

kharibot

बग्दाद । इराकको योजना मन्त्रालयले सन् २०२२ मा देशमा गरिबी दर २५ प्रतिशत रहेको जनाएको छ ।

“सन् २०२० र २०२१ मा कोरोनाभाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न आर्थिक सङ्कटलगायत विभिन्न कारणले उच्च गरिबी दर देखिएकोे छ,” मन्त्रालयका प्रवक्ता अब्दुल जहारा अल हिन्दवीले इराकी समाचार संस्थासँग भने । 

उनले भने, “सरकारले सामाजिक हेरचाहले समेटेकाहरूको तलब बढाउने र आधारभूत खाद्य पदार्थ प्रदान गर्ने, राशन कार्ड प्रणालीमा सुधार गर्ने र गरिबहरूलाई सहयोग गर्न अन्य धेरै उपायहरू अपनाएको छ ।”सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट समूहको पराजयपछि इराकको समग्र सुरक्षा स्थितिमा तुलनात्मक रूपमा सुधार आएको छ । तर राजनीतिक र सुरक्षासमस्या, आर्थिक अस्थिरता, उच्च बेरोजगारीका कारण उत्पन्न सामाजिक अशान्ति, खस्कँदो सार्वजनिक सेवा र निरन्तर निम्न जीवनस्तरलगायत महत्वपूर्ण चुनौतीहरू बाँकी नै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै