• २०८१ बैशाख २४ सोमबार

वाग्मती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय

kharibot

हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेका छन् ।

उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरिएको बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै