• २०८१ जेठ ३ बिहीबार

न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डाद्वारा पद छोड्ने घोषणा

kharibot

काठमाडौँ । न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्नले राजीनामा गर्ने घोषणा गरेकी छिन् । बिहीबार पार्टीको वार्षिक ककस बैठकमा जसिन्डाले आफूमा अब काम गर्ने उर्जा नभएको बताउदै पद छोड्ने घोषणा गरेकी हुन् ।

गत २०२० को अक्टोबरमा मात्र पुन: निर्वाचित भएकी जेसिन्डाले फेब्रुअरी ७ सम्म नयाँ प्रधानमन्त्री चयन हुने बताएकी छन् । उनको कार्यकाल अब करिब एक बर्ष बाँकी रहेको बेला उनले पद छोड्ने घोषणा गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार पछिल्ला पोल हरुमा उनको लोकप्रियतामा निकै गिरावट आएपछि आउदो चुनाव उनको पार्टीले हार्ने सम्भावना देखेर जसिन्डाले राजीनामा दिएको विश्लेषण गरिएको छ ।

उनले यो आफ्नो निजी निर्णय भएको बताउदै आफ्नो देशको नेतृत्व गर्ने अवसर पाएकोमा आफुलाई गर्व रहेको बताइन ।

जेसिन्डाले अब आफुमा प्रधानमन्त्रीको रुपमा काम गरिरहने पर्याप्त उर्जा नभएकोले पद छोड्न लागेको बताएकी छन् ।

जेसिन्डा पछिल्लो साढे ५ बर्षदेखि न्यूजील्याण्डको प्रधानमन्त्री रहेकी छन् ।

उनले आफ्नो कार्यकालमा घरेलु आतंकवादी घटना, ठूलो प्राकृतिक प्रकोप, विश्वव्यापी महामारी र आवास, बाल गरिबी र जलवायु परिवर्तनमा केन्द्रित एजेन्डाको बीचमा आर्थिक संकटको सामना गरेको उल्लेख गरिन् । उनले आफ्नो परिवारसँग धेरै समय बिताउनु बाहेक भविष्यको लागि कुनै योजना नभएको बताइन्। 

जेसिन्डाले पद छोडेपछि अब प्रधानमन्त्रीको दौडमा वर्तमान अर्थमन्त्री ग्रान्ट रोबर्टसन रहेका छन् ।

२०१७ मा जसिन्डा ३७ बर्षको उमेरमा प्रधानमन्त्री बनेर विश्वको सबैभन्दा कान्छी महिला प्रधानमन्त्री बनकी थिइन् । उनको नेतृत्वमा न्यूजील्याण्डले कोरोना महामारीको सबैभन्दा राम्रो सँग सामना गरेको कारणले उनको विश्वभर चर्चा भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै