• २०८१ बैशाख १६ आइतबार

महिला विश्वकप फुटबल उदघाटन हुनु अघि न्युजील्याण्डमा गोली हानाहान, तीनको मृत्यु

kharibot

वेलिंगटन । न्यूजील्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजील्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । सो गोलीकाण्डका अपराधीको पनि मृत्यु भएको छ । 

न्युजील्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ ।

प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ । प्रहरीले सो घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए । अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो ।

यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए ।  

निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए । आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए । प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए ।

प्रहरीले गोलीबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ । अधिकारीले भने कि जुन कुरा प्रकाशमा आएको छ त्यो धेरै चिन्ताजनक छ र हामी जनतालाई घटना नियन्त्रणमा ल्याइएको आश्वासन दिन्छौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै