• २०८१ बैशाख १६ आइतबार

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्री प्रचण्डद्वारा खुसी व्यक्त

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताएका छन् ।

नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू २२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् । बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।

अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जाेनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै