• २०८१ बैशाख १४ शुक्रबार

सूर्यज्योति लाइफको शेयर कारोवार फुकुवा

kharibot

काठमाडौँ ।  सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच अन्तिम सम्झौता भई दुबै कम्पनीको बार्षिक साधारण सभाबाट पारित भए पश्चात् नियमनकारी निकायहरुबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भए बमोजिम पौष ०७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ । 

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिचको मर्जर प्रक्रियाका क्रममा मिति २०७९/०३/१३ का दिन देखि रोक्का रहेको शेयर कारोवार मर्जर सम्पन्न भई एकिकृत कारोवार संचालन भईसकेको हुँदा शेयर सुचिकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भईसकेको र यहि मिति २०७९ माघ ११ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड SJLIC को नामबाट शेयर कारोवार सुचारु भएको छ । नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको छ ।

साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को शेयर संरचना संस्थापक समुह अन्तर्गत ७० प्रतिशत तथा  सर्वसाधारण समुह अन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भए अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको ब्यवस्था बमोजिम लक इन् पिरेड यथावत रहने गरी कम्पनीको पूँजी संरचना संस्थापक समुह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समुह अन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को मर्जर हुँदा शेयर स्वाप अनुपात १००: ०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. १ कित्ता शेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम शेयरधनीहरुको नाममा शेयर कित्ता कायम भएको ब्यहोरा कम्पनीले जानकारी गराएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१:२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनिको चु्क्ता पूँजी रु ४.५४ अर्ब रहको र कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै