• २०८१ बैशाख १६ आइतबार

सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

kharibot

काठमाडौँ । युनाइटेड रजिष्ट्रार अफ सिस्टमले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी आइएसओ ९००१: २०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरेको छ ।

उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहि माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो ।

सूर्यज्योति लाइफले सन् २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । 

साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई  मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परिष्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै