• २०८१ बैशाख १७ सोमबार

साउदी सुपर कपमा अल नासर हार्यो

kharibot

काठमाडौँ । साउदी सुपर कप अन्तर्गत अल नासर पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा अल नासरलाई अल ईट्टीहाद क्लबले ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल ईट्टीहादको जितमा रोमारिन्हो, अबदेराजक  हम्दल्लाह र मुह्नाद अल सहनकीतले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि टालिस्काले एक गोल गरेका थिए ।

यो जितपछि अल ईट्टीहाद साउदी सुपर कपको फाइनलमा पुगेको छ ।

क्रिस्टियानो रोनाल्डोले अल नासरका लागि खेलेको दोस्रो खेलमा हार बेहोरेका छन् भने उनले अल नासरका लागि अझै गोलको खाता भने खोल सकेका छैनन् । रोनाल्डोले साउदीमा पिएसजीविरुद्ध अल स्टार्सको नेतृत्व गर्दै खेलेको खेलमा भने २ गोल गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै