• २०८१ बैशाख १७ सोमबार

अन्डर-१९ टी-२० महिला विश्वकपको उपाधि भारतले जित्यो

kharibot

काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले अन्डर-१९ टी-२० विश्वकपको उपाधि जितेको छ । 

आइतबार सम्पन्न फाइनल खेलमा भारतको अन्डर-१९ महिला टिमले इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै टी-२० विश्वकपको उपाधि जितेको हो । 

दक्षिण अफ्रिकामा सम्पन्न खेलमा इङल्याण्डले दिएको ६९ रनको लक्ष्य पछाएको भारतले १४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले १७.१ ओभरमा अल आउट हुदै ६८ रन बनाएको थियो । 
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै