• २०८३ श्रावण १६ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरने, दुई दिन पर्खिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरने, दुई दिन पर्खिने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गर्दै तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् ।

प्रवक्ता ढकालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकोले सोहि अनुसार छलफललाई जारी राख्ने निर्णय गरेको बताए । उनले गृह मन्त्रालयको आफुहरुको माग कायम रहेको बताए । 

यसअघि सरकारबाट बाहिरिन सक्ने अनुमान गरिएको भएपनि बैठकमा सहभागी अधिकांश सांसदहरुले हतारमा निर्णय गर्न नहुने मत राखेका थिए ।  

आफ्नो पार्टीले पाएको गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिन अस्वीकार गरेपछि रास्वपा असन्तुष्ट भएको थियो ।

सर्वोच्च अदालतले नागरिकता अवैध भएको आदेश दिएपछि पद गुमाएका रास्वपाका सभापति रवि लामिछाने फेरी गृहमन्त्री बन्न खोजेपछि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् ।

सत्ता साझेदार दल एमाले र राप्रपाले लामिछानेलाई फेरी सरकारमा पूर्ववत अवस्थामा फर्काउनु पर्ने दबाब दिएपनि प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसकेको र लामिछानेको राहदानीको विषय पनि उठेकोले यी विषयको टुंगो नलागेसम्म धैर्य गर्न आग्रह गरेका थिए । तर लामिछानेले भने आफुलाई तत्काल गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै