• २०८१ बैशाख २४ सोमबार

तुलसीपुरका अब्यबस्थित तार हटाउन सुरु

kharibot

दाङ । तुलसीपुर बजारमा रहेका अब्यबस्थित तारहरु हटाउन थालिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको पहलमा अब्यबस्थित तारहरु हटाउन थालिएको हो । शनिबारदेखि तारहरु हटाउन थालिएको केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए । 

उनका अनुसार यो शनिबारबाट काम सुरु गरेको र प्रत्येक शनिबार–शनिबार तारहरुलाई ब्यबस्थित गर्न थालिएको बताए ।“अब्यबस्थित तथा काम नलाग्ने तारहरु हटाउने र काम लाग्ने सबै तारहरुलाई एउटै बन्डलमा बाँध्ने तयारी गरेका छौं ।”  

तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसिएललगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसंग सम्न्वय गरेर काम लाग्नेहरुलाई एकठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अबस्थामा रहेका तारहरुलाई निकाल्ने काम सुरु भएको  बताए । शुक्रबार तुलसीपुरमा छलफल भएको थियो । 

छलफल पछि सबै सकारात्मक भएकाले काम अघि बढाएको फर्सालले बताए । बजारका सबै तारहरु ब्यबस्थि तगर्ने तयारी भएपनि पहिलो चरणका विरेन्द्र चोकदेखि हात्तिखौवासम्मका तारलाई ब्यबस्थित गर्ने उनको भनाई छ ।  

नेट विग्रिने, पोल ढल्ने हुँदा मात्रै तारहरु हेर्ने चलन थियो । त्यस्तै घरमा नेट बन्द गरेपनि त्यो तार त्यही पोलमा छोड्ने कार्य हुन्थ्यो । त्यसले गर्दा पनि बजार कुरुप बन्दै गएको वेभ सफरका बलभद्र कुँवरले बताए । विद्युतका पोलमा अब्यबस्थित रुपमा तार हुँदा बजारको सुन्दरतालाई नै कुरुप बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै