रुस्लान डिपिएल फाइनल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य 

खरीबोट
ad

काठमाडौँ । रुस्लान डिपिएलको फाइनलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

धनगढीका लागि सुनिल धमलाले सर्वाधिक ७८ रन बनाएका थिए भने रोहन मुस्तफाले ६० रनको योगदान दिएका थिए । १२ रन मै पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटका लागि धमला र मुस्तफाले १४२ रनको पार्टनरसिप गरेका थिए ।

धनगढीका लागि सुनिल धमलाले ६२ बल खेल्दै ३ छक्का र ८ चौकाको मद्धतले ७८ रन बनाएका थिए ।त्यस्तै ६० रन बनाउने क्रममा रोहन मुस्तफाले ४२ बल खेल्दै ४ छक्का र ४ चौका बनाएका थिए । त्यस्तै कप्तान सोमपाल कामीले ८ रन बनाएका थिए ।

काठमाडौँका लागि सन्नी पटेल र सुबोथ भाटीले एक एक विकेट लिएका थिए ।

काठमाडौँले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।
 

सम्बन्धित समाचार

नेपाली क्रिकेटको कोशेढुंगा बन्यो ‘डिपिएल’ 

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सकिदै गर्दा नेपालको उत्कृष्ट टि-२० प्रतियोगिताको रुपमा स्थापित भएको छ । किर्केट संघका गतिविधि शुन्य भएका बेला डिपिएलजस्ता प्रतियोगिताले नेपाली क्रिकेट

रुस्लान डिपिएलमा ललितसिंह भण्डारीले पाए सुनको जुत्ता 

काठमाडौँ । रुस्लान डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढी टिम चौराहाका ललितसिंह भण्डारीले सुनको जुत्ता पाएका छन् । भण्डारी रुस्लान डिपिएल २ का मोष्ट भ्यालुएबल प्लेयर बन्दै सुनको जुत्ता जितेका हुन्। शुक्रबार भएको

धनगढी टिम चौराहा लगातार दोस्रो पटक रुस्लान डिपिएल च्याम्पियन 

काठमाडौँ । धनगढी टिम चौराहाले लगातार दोस्रो पटक रुस्लान डिपिएलको उपाधि जितेको छ ।  आज भएको फाइनल खेलमा धनगढीले काठमाडौँलाई २१ रनले जितेको छ । धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ

रुस्लान डिपिएलको फाइनल आज, कसले जित्ला उपाधि ?

काठमाडौँ । रुस्लान डिपिएलको दोस्रो सिजनको फाइनल खेल आज हुदै छ । चैत्र १७ गतेदेखि सुरु भएको डिपिएलको दोस्रो सिजनको फाइनलमा गत बर्षको विजेता धनगढी टिम चौराहा र काठमाडौँ गोल्डेन्स पुगेका


z