• २०८१ बैशाख १६ आइतबार

महेन्द्रनगर युनाइटेडद्वारा काठमाडौँ गोल्डेन्सलाई १४३ रनको लक्ष्य

kharibot

काठमाडौं । रुस्लान डिपिएलको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

खेलको सुरु मै संकटमा परेको महेन्द्रनगरलाई आरिफ सेख र पुनित महराले उद्धार गरेर राम्रो स्थितिमा पुर्याएका हुन् । काठमाडौँका सन्नी पटेलले यस सिजनको डिपिएलको उत्कृष्ट बलिङ गर्दै सुरुका ६ विकेट लिएपछि महेन्द्रनगर पहिलो ५ ओभरमा ६ विकेट गुमाउदै केबल १० रन बनाएको थियो । त्यसपछि क्रिजमा आएका पुनित महरा र अरिफ सेखले ८५ रनको पार्टनरसिप गरेका थिए । महेन्द्रनगरका लागि पुनित मेहराले ५८ रन बनाएका थिए भने आरिफ सेखले ४३ रन बनाएका थिए । त्यस्तै करण केसीले २४ रनको योगदान दिएका थिए । 

काठमाडौँका सन्नी पटेलले ६, पुष्प थापा र सुबोथ भाटीले एक एक विकेट लिएका थिए ।  

सन्नी पटेलको नयाँ रेकर्ड, एकै पारीमा लिए ६ विकेट 

काठमाडौँ गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेलले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)मा कीर्तिमान बनाएका छन् । पटेलले डीपीएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

डीपीएल अन्तर्गत जारी काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेलमा ६ विकेट लिदै सन्नी डीपीएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडी बनेको हुन् ।

पटेलले ४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित १० रनदिदै ६ विकेट लिएका छन् । उनले महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, रोहित पौडेल, भुवन कार्की र हरिशंकर शाहलाई शुन्य रनमा आउट गरेका थिए भने पुनित विष्टलाई ७ रनमा आउट गरेका थिए । 

३१ बर्षिय पटेल भारतको गुजरात, सुरतका हुन् । पटेलले गुजरातबाट फर्स्ट क्लास क्रिकेट खेलेका छन् । उनले २००८ मा गुजरातबाट फर्स्ट क्लास क्रिकेटमा डेभ्यु गरेका थिए ।

रुस्लान डिपिएलको यस सिजनमा पटेलपछि रसैद खानले २४ ओभर बलिङ गर्दै ६ रन दिएर ४ विकेट लिएका छन् भने सुनिल धमला, पुनित विष्ट, कमलसिंह ऐरी, पवन सराफ र ललित भण्डारीले पनि एक पारीमा ४-४ विकेट लिएका छन् ।   

काठमाडौँले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै