• २०८१ बैशाख १६ आइतबार

गाँजासहित एक व्यक्ति नियन्त्रणमा 

kharibot

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्र प्रहरीले पाँच के.जी. गाँजा, स्प्रिङ तराजु र एक थान मोवाइल सेटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाले सोही जिल्लाको कटहरिया नगरपालिका १ बस्ने विकास दासलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका दासलाई बरामद गाँजा, तराजु र मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियामा बुझाइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय