• २०८१ बैशाख १७ सोमबार

सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न 

kharibot

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को २६ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा लैनचौरमा सम्पन्न भएको हो । 

कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को तूलनामा आर्थिक बर्ष २०७८/०९ मा १८.७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै रु ३ अर्ब १० करोड बराबरवीमा शूल्कआर्जन गरी एनफआरएस अनुसार रु ३७ करोड ८ लाख ८० हजार खूद मूनाफा आर्जन गरेको इन्स्योरेन्स कम्पनीले जनाएको छ । 

उक्त साधारण सभामा कम्पनीको हालकायम रहेको चूक्ता पूंजीको १२.४० प्रतिशत बोनश शेयर र सो मालाग्ने कर समायोजनार्थ ०.६५२६ प्रतिशतले हुनआउने नगद लाभांश वितरणको प्रस्ताव, कम्पनीको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सानहिसाव र सोसँग सम्बन्धित सम्पूर्ण सूचीहरु पारित गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । 

साथै कम्पनीले कुलदावीभूक्तानीतर्फ यस आर्थिक बर्ष गतबर्षको तूलनामा ३९.३४ प्रतिशतले वृद्धिगरि रु १ अर्ब ८५ करोड ६० लाख ६७ हजार भूक्तानी गरेको छ । नेपाल वीमा प्राधिकरणको सैद्धान्तिक सहमतिपत्र बमोजिम २० प्रतिशत संस्थापक शेयरलाई समानूपातिक रुपमा सर्वसाधारण शेयरधनी समुहमा परित गर्ने प्रस्तावपारित भएको कार्यक्रममा जानकारी गराइएको थियो । 

मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेणको हाल कायम १०० कत्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकोहालकायम १०० कित्ता बराबर १० कित्ताशेयर (१००ः८०) कायमहूने गरि निर्धारण गरिएको शेयर आदनप्रदान अनूपातहूने गरि गरिएको मर्जर प्रस्तावपारित सभाबाट भएको जानकारी गराउँदै मर्जर पछि बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कं. लि., (सलिको)एक उत्कृष्ट निर्जिवन वीमा कम्पनीको रुपमा स्थापित हूने विश्वास ब्यक्त गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै