• २०८१ बैशाख २१ शुक्रबार

बालुवाटारमा कांग्रेससहितका चार दलको बैठक शुरु

kharibot

काठमाडौँ । नेकाप माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

चार दलले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शिर्ष नेताहरूबीच अहिले छलफल भइरहेको छ । 

यस अघि भएका चरणबद्ध छलफलहरुपछि शिर्ष नेताहरुले यस बैठकलाई निर्णायक बैठक भनेका छन् । यो बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषय तय गर्ने र पुरानो कांग्रेससहितको पाँच दलीय गठबन्धन ब्युँताउने दाबि गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म कुनै सहमति नभएको र राष्ट्रिय सहमतिबाट नै राष्ट्रपतिको चयन हुनुपर्ने बताइरहेका छन् । उनले विहिबारको बैठकपछि पनि अहिलेसम्म सहमति नभएको र आफु छलफलमै रहेको बताएका थिए । उनले आजको यो बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएका छन् ।

आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनकालागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै