• २०८१ बैशाख १४ शुक्रबार

टी-२० मा नयाँ किर्तिमान, १० रनमा अल आउट भयो पुरै टिम !

kharibot

काठमाडौँ । भनिन्छ क्रिकेटका हरेक खेलमा नयाँ रेकर्ड बन्ने गर्दछ । यस्तैमा हालै सम्पन्न एक टी-२० खेलमा आइल अफ म्यान देशको क्रिकेट टिमले टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने विश्व कीर्तिमान बनाएको छ ।

फेब्रुअरी २६ मा स्पेनविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा पूरै टोली ८.४ ओभरमा १० रनमा मात्रै आउट भएर यस्तो किर्तिमान बनाएको हो । जवाफमा स्पेनले ०.२ ओभरमा बिना विकेट गुमाएर १३ रन बनाएर खेल जित्यो । स्पेनले सिरिज ५–० ले जित्यो ।

यसअघि टी-२० क्रिकेटमा सबैभन्दा कम स्कोरको कीर्तिमान बिग ब्यास लिग टिम सिड्नी थन्डरको नाममा थियो । २०२२-२३ सिजनमा एडिलेड स्ट्राइकर्सविरुद्ध सिड्नीको पुरै टोली १५ रनमा अलआउट भएको थियो ।

आइल अफ म्यानका ७ ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् । जोसेफ बुरोजले सर्वाधिक ४ रन बनाए । स्पेनका लागि आतिफ महमुदले ४ ओभरमा ६ रन दिएर ४ विकेट लिएका थिए । उनका दुई ओभर मेडेन पनि थिए । उनीबाहेक मोहम्मद कामरानले ३ र लोर्न बर्न्सले २ विकेट लिए ।

आइल अफ म्यानले टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम रनको टर्कीको कीर्तिमान पनि तोडेको छ । चार वर्षअघि २०१९ मा इल्फोभ काउन्टीमा चेक गणतन्त्रविरुद्ध टर्कीको टोली २१ रनमा अलआउट भएको थियो । उही समयमा, आइल अफ म्यानको अघिल्लो न्युन स्कोर ६६ रन थियो, जुन उसले स्पेन विरुद्ध २५ फेब्रुअरीमा खेलको खेलमा बनाएको थियो ।

स्पेनसँगको सिरिजको पहिलो खेलमा आइल अफ म्यान ८१ रनले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल स्पेनले ८ विकेटले र चौथो खेल ६ विकेटले जितेको थियो । पाँचौं खेलमा स्पेन ७ विकेटले विजयी भएको थियो । छैटौं र अन्तिम खेलमा स्पेन १० विकेटले विजयी भएको थियो ।

आइल अफ म्यानले हालसम्म १६ अन्तर्राष्ट्रिय टी–२० खेलेको छ । जसमा उनले ८ मा जित र ७ मा हार बेहोरेको छ भने एउटा खेल नतिजाविहीन सकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै