• २०८१ बैशाख १७ सोमबार

देश विकासका लागि युवालाई सक्रिय बनाइने- प्रधानमन्त्री शरिफ

kharibot

इस्लामवाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताएका छन् ।

उनले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उनले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताए  हुन्  ।

सो सन्देशमा उनले सरकारले देशका सबै युवा बर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको  र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।

देशको विकासमा युवा बर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट गरे ।

उनले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।

उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै