• २०८१ बैशाख १५ शनिबार

प्रदेश १ को नाम 'कोशी' राख्न प्रमुख दल सहमत

kharibot

विराटनगर । प्रदेश १ को नाम 'कोशी' राख्न प्रमुख दलहरु सहमत भएका छन् । यस अघि कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम 'कोशी' पेश गर्ने सहमति गरेकोमा अब यस नाममा माओवादी केन्द्र पनि सहमत भएको छ ।

पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि 'कोशी' मा मतदान गर्ने निर्णय गरेको छ ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले 'कोशी' को पक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज बस्ने प्रदेश सभाको बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्ताव पेश हुदै छ । सम्भवत: आजको बैठकले नै प्रदेश १ को नाम टुंगाउने छ । 

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको ४० सिट रहेको छ भने नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४, जसपाको एक सिट रहेको छ । 

सात प्रदेश मध्ये अब नाम टुंगाउन प्रदेश १ मात्र बाँकी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै