• २०८१ बैशाख १७ सोमबार

मोरक्कोका स्टार फुटबलर हाकिमीलाई लाग्यो बलात्कारको आरोप

kharibot

काठमाडौँ । पिएसजीबाट खेल्ने मोरक्कोका फुटबलर आशरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

२४ बर्षिय स्टार फुटबलर हाकिमीले गत फेब्रुअरी २५ मा पेरिसस्थित आफ्नै घरमा एक युवतीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । समाचार एजेन्सी एएफपीका अनुसार युवतीले गरेको उजुरीका आधारमा हाकिमीमाथि अनुसन्धान शुरु भएको छ ।

यस अघि हाकिमीका वकिलले यसलाई गलत खबर भनेपनि अहिले प्रहरीले अनुसन्धान शुरु भएको जनाएको छ ।

हाकिमी हालै फिफाको द बेस्ट अवार्डमा २०२२ को फिफा प्रो वर्ल्ड ११ मा समावेश भएका थिए । हालै सम्पन्न विश्वकपमा मोरक्कोलाई सेमिफाइनलसम्म पुर्याउन हाकिमीले महत्वपूर्ण भूमिका निभाएका थिए । उनी २०२० देखि पिएसजीमा खेलिरहेका छन् । त्यसअघि हाकिमीले इन्टर मिलान, बोरुसिया डोर्टमण्ड र रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै