• २०८१ बैशाख २० बिहीबार

आदिवासी जनजातीले पहिचानको मुद्दा छाड्नु हुँदैन- उपराष्ट्रपति पुन

kharibot

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् ।

नेपाल मगर सङ्घले आज यहाँ आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताएका हुन् । 

उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उनको भनाइ थियो । 

उनले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताए । नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने उनको भनाइ थियो  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै