काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिडले मालागालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै रियल लिगको शीर्ष तीन स्थानमा उक्लिएको छ । आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र लुका मोद्रिचबिना उत्रिएको रियलले मलागालाई उसकै घरेलु मैदानमा पराजित गरेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलमा रोनाल्डो, बेल र मोद्रिचलाई आराम गराइएको थियो ।
खेलको २९औं मिनेटमा इस्कोको गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलका लागि खेलको ६३औं मिनेटमा कासेमेरोले गोल गर्दै खेल २ – ० को अवस्थामा पुर्या एका थिए ।
मलागाले खेलको इन्जुरी समयमा एक गोल फर्काएको थियो ।
जितसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । ३२ खेलबाट रियलको ६७ अंक छ भने दोस्रो स्थानको एथलेटिकोको ७१ अंक छ भने र शीर्ष स्थानमा रहेको बार्सिलोनाको ८२ अंक रहेको छ ।