• २०८१ बैशाख २१ शुक्रबार

आइसिसी विश्वकप क्रिकेट लिग-२: आज पीएनजी र युएईबीच खेल हुदै

kharibot

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज पीएनजी र युएईबीच खेल हुदै छ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुदै छ । 

यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो ।

नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३२ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३३ खेलमा ९ अंकसहित पुछारमा रहेको छ ।

अब लिगको शीर्ष तीनमा पुग्न युएईले बाँकी चारै खेल जित्नुपर्ने अवस्थामा छ । भने चारै खेल जितेपछि शिर्ष तीनमा रहन नामिबियाभन्दा राम्रो रनरेट हुनुपर्ने अवस्थामा रहेको छ ।

आइसीसी विश्वकप लिग-२ को अन्य चार टिमले क्वालिफायर प्लेअफ खेल्न पाउने छन् । त्यस्तै आइसीसी विश्वकप लिग-२ को शिर्ष पाँच देशको एकदिवसीय मान्यता जोगिने छ ।

लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

त्यस्तै नामिबिया ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ ।

आज नेपालले भने पहिलो खेलमा पीएनजीलाई पराजित गरेपछि अब अर्को खेल फागुन २८ (मार्च १२)  मा युएईसँग र फागुन २९ (मार्च १३) मा पपुवा न्युगिनीसँग र चैत्र २ (मार्च १६) मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै