प्रदेश ७ मा सरकारको नीति तथा कार्यक्रम पारित

खरीबोट
ad

धनगढी,।  प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४÷०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । 

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा चैत २८ गतेको प्रदेशसभा बैठकमा गर्नुभएको सम्बोधनका लागि ‘यो बैठक प्रदेश प्रमुखमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको हो । 

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले साधनस्रोतको अभाव, नयाँ परिस्थिति र केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेका परिप्रेक्ष्यमा सत्ता र प्रतिपक्ष सबैको सहयोगमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पछि नपर्ने अठोट व्यक्त गरे । 

नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अधिकांश सदस्यले उठाएको प्रश्नमा मुख्यमन्त्रीले प्रदेशको भारतसँग जोडिएका सीमा नाका व्यवस्थापन गर्न र नयाँ नाका खोल्नका लागि केन्द्र सरकारसँग समन्वय गरी पहल गरिने प्रतिबद्धता गरे ।

प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ । 

सम्बन्धित समाचार

प्रदेश ७ को राजधानी गोदावरीमा र नाम 'सुदूरपश्चिम' दुई तिहाईले स्वीकृत

धनगढी । प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम भएको छ।  आज बसेको प्रदेश सभाको बैठकले दुई तिहाई मतले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम

प्रदेश ७ को राजधानी धनगढी हुनुपर्ने माग राख्दै काँग्रेसद्वारा प्रदेश सभा अवरुद्ध 

धनगढी । धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसले प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बिहान ११ बस्ने भनेको बैठक सुरु हुनेवित्तिकै बैठक कांग्रेसले बैठक

प्रदेश ७ को नाम र राजधानीको टुंगो आज लाग्दै, सभा भवन अगाडी प्रदर्शन जारी  

धनगढी। राजधानी र नामको विषयमा असन्तुष्टि जनाउँदै विभिन्न जिल्लामा आन्दोलन भईरहेका बेला प्रदेश नम्वर ७ को स्थायी राजधानी र नामको आज टुङगो लाग्दै छ।  अहिले साढे ११ बजे डाकिएको प्रदेश सभा

प्रदेश ७ को नाम राजधानीका विषयमा धनगढी बन्द 

धनगढी। प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीन्दाले विहीबार आमहडताल गरेका छन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनै पनि हालतमा अन्यन्त्र सार्न नमिल्ने बताएका छन् । वन


z