चितवन । प्रहरीले चितवनमा सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
चितवन प्रहरीका अनुसार राप्ती नगरपालिका–११ चयथली बस्ने ५० वर्षीया ठुलीमायाँ तामाङ र २३ वर्षीय तिलक तामाङलाई लागूऔषध गाँजा १ सय के.जी. सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
ठुलीमायाँको गोठमा गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा गोठ खानतलासी गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।