हराएकी किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका 

खरीबोट
ad

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् ।

१४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

सोमबार राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी गराएका छन । 

किशोरीको मुख र खुट्टामा चोट लागेको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।
 

सम्बन्धित समाचार

निर्मलाका वास्तविक बलात्कारीलाई लुकाएर सरकारले घट्नाको ढाकछोप गर्यो - काँग्रेस सभापति देउवा  

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारीलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् । शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले

सत्तारुढ दलको भातृ संगठन अनेरास्ववियु बलात्कारीलाई फासीको माग गदै सडकमा 

काठमाडौँ। बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गदै नेकपाको भातृ संगठन अनेरास्ववियुका विद्यार्थीहरु सडकमा उत्रिएका छन्  । अनेरास्ववियु सरस्वती क्याम्पस  कमिटीले ठमेलर, लैनचौरमा कालो फेटासहित जुलुस निकालेको छ

बलात्कारको आरोपमा सुनार प्रहरी नियन्त्रणमा

कञ्चनपुर । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको

तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

तनहुँ । म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन् । २०७२ साल कार्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कृत उनले