• २०८१ बैशाख २० बिहीबार

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

kharibot

काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उपस्थित भए ।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो । 

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच विगत निकै लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्याउदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै