काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ताको जिम्मेवारीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाएका छन् ।
ट्रम्पले भान्सलाई अब डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य तथा सहरमा भ्रष्टाचार र अपराधसम्बन्धी अनुसन्धानमा ध्यान दिन निर्देशन दिएको बताएका छन् ।
भान्सले यसअघि पाकिस्तान पुगेर इरानी नेताहरूसँग वार्ता गरेका थिए । उनले कतारमार्फत इरानी नेता मोहसेन रजाईलाई पत्र पठाउँदै पुनः वार्ता सुरु गर्ने प्रयाससमेत गरेका थिए । तर ट्रम्पले अब इरानसँग कुनै सम्झौता आवश्यक नरहेको बताएका छन् ।
यसअघि मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको हारको कारण इरानसँगको युद्ध भएको भान्सले बताएका थिए। उनको उक्त टिप्पणीलाई ट्रम्प प्रशासनको युद्ध नीतिप्रतिको आलोचनाका रूपमा हेरिएको थियो ।
अमेरिका र इरानबीच सैन्य तनाव केही कम भए पनि होर्मुज जलडमरूमध्यमा तनाव कायमै छ । अमेरिकाले इरानको तेल निर्यात रोक्न समुद्री नाकाबन्दी जारी राखेको छ भने अमेरिकी रक्षा अधिकारीहरूले इरानविरुद्ध थप सैन्य कारबाहीका विकल्पसमेत ट्रम्पलाई प्रस्तुत गरेका छन् ।








