• २०८१ जेठ ३ बिहीबार

संसद् पत्रकारका लागि खुला हुनुपर्छ- नर्वेका राजदूत ड्राम्दाल

kharibot

विराटनगर । युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज यहाँ छलफल भएको छ । 

परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र आगामी दिनमा कस्तो सहयोग आवश्यक पर्ने विषयमा सुझाव लिने छलफलको उद्देश्य रहेको थियो ।

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत तोरुन ड्राम्दालले जनताको आवाज बुलन्द गर्ने पत्रकारले संसदीय रिपोर्टिङमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले नर्वेको संसदीय पत्रकारको अनुभव सुनाउँदै संसद् पत्रकारको लागि खुला हुनुपर्ने विचार राखे । 

कार्यक्रममा युएनडिपीका टिम लिडर यामबहादुर किसान र परियोजनाका प्रमुख राजबहादुर श्रेष्ठले मञ्च र संसद्को विषयमा बोलेका थिए । 

कार्यक्रममा मञ्चका संयोजक गणेश लम्साल, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सल्लाहकार विवेक गौतम, पत्रकार विनु तिमिल्सेना, राजु अधिकारी, तारा आचार्यले पनि संसदीय रिपोर्टिङका बारेमा आ–आफ्ना अनुभव सुनाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै