• २०८१ बैशाख ४ मंगलबार

साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन: मधुमेह रोक्न साझा प्रयास जरुरी

kharibot

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन शुरु भएको छ । सम्मेलनमा बोल्दै चिकित्सकहरुले मधुमेह भएका व्यक्तिसँगै उनीहरुको परिवार र समाजलाई पर्ने मानसिक र आर्थिक प्रभावबारे सम्बोधन गर्न जरुरी रहेको बताएका छन् ।

मधुमेहको उपचार गर्ने चिकित्सक, बिरामी तथा परिवारका सबै सदस्यहरु मिलेर यस समस्याको समाधान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष डा डीना श्रेष्ठले मधुमेह, थाइराइड तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको विरुद्ध व्यतिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भईरहेको लडाईमा एकजुट हुनुपर्ने बताईन् ।

यस्ता जटिल एउटा देशले एक्लै काम गर्नुभन्दा विभिन्न देशका सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने चिकित्सकहरुको भनाई थियो ।

काठमाडौंमा आजबाट सुरु भएको सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको सुरुवातमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र मधुमेह भाग-२ को प्रिमियर शो गरिएको थियो ।

त्यस्तै सम्मेलनमा थाइराइड सम्बन्धी समस्याको  पहिचान उपचार तथा रोकथामको लागि अनुसन्धान मूलक निर्देशिका प्रस्तुत गरिने छ ।

साफिस दक्षिण एसियाली राष्ट्रहरुमा रहेका इन्डोक्रीनोलोजी एसोसिएसनको छाता संघठन हो । यस संस्थामा बंगलादेश, भारत, अफगानिस्तान, श्रीलंका, पाकिस्तान माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटीहरु आवद्द रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै