• २०८२ असोज २२ बुधबार

भारतमा दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकी सिरप नदिन एडभाइजरी जारी

kharibot

काठमाडौँ । भारत सरकारले बालबालिकाका लागि खोकीको सिरपको प्रयोगको बारेमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई एडभाइजरी जारी गरेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।

सल्लाहमा भनिएको छ, यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष मुनिका बालबालिकाहरूलाई सिफारिस गरिँदैन । पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि, यस्ता औषधिहरू दिँदा खुराकलाई विचार गर्नुपर्ने र धेरै औषधिहरू प्रयोग नगर्न आग्रह गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, मन्त्रालयले यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य सेवा निर्देशकहरूलाई पत्र लेखेको छ । यसमा भनिएको छ, बालबालिकाहरूमा हुने खोकी सामान्यतया आफैं निको हुन्छ र प्रायः औषधिको आवश्यकता नपर्ने भनिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै