काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र सामु नयाँ चुनौती थपिएको बताउदै सामना गर्नुको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको उल्लेख गर्दै राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प नभएको बताएका हुन् ।
उनले भनेका छन्-
निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।