• २०८१ बैशाख १८ मंगलबार

राधेराधे नजिक सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीकाे मृत्यु

kharibot

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीकाे मृत्यु भएको छ ।

काठमाडौ नागार्जुन बस्ने  ४३ वर्षका  सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ  ढु‌ंगेलकाे निधन भएको प्रहरीले जनाएको हो ।

आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएकाे थियाे । उनकाे उपचारको क्रममा अस्पतालमै मृत्यु भएकाे भक्तपुर प्रहरी परिसले जनाएको छ ।

साे सम्बन्धमा अनुसन्धान भइरहेकाे परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय