• २०८१ बैशाख १६ आइतबार

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

kharibot

बुटवल । बुटवल बहुमुखी क्याम्पसको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियु प्यानलनै विजयी भएको छ ।

अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसीले १२ सय १४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ६३५ मत पाए । नेपाल बिद्यार्थी संघका सागर पौडेलले ४७४ मत पाएर तेस्रो भएका छन् ।

त्यसैगरी सचिव पदमा अनेरास्ववीयुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले विजयी भएका छन् ।

कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै