• २०८१ बैशाख १४ शुक्रबार

लाओसको राष्ट्रिय फुटबल टिम काठमाडौँ आइपुग्यो

kharibot

काठमाडौँ । बुधबारदेखि काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपका लागि लाओसको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेको छ ।

लाओसको टोली सोमबार अपराहन्न काठमाडौँ आइपुगेको हो । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका छन्  । 

प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ ।

नेपालले ८ चैतमा लाओससँग खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको सुरुवात गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । फिफाले दुई म्याच डेका खेललाई मात्रै आफ्नो क्यालेन्डरमा समावेश गरेकाले फाइनल खेल फिफाको क्यालेन्डरमा समावेश हुने छैन । 

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा पहिलो पटक खेल्दै छ । 

प्रधानमन्त्री थ्री नेसन्स कपमा सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको एन्फाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै