• २०८१ बैशाख १८ मंगलबार

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरुद्ध  मैत्रीपूर्ण खेल खेल्दै छ ।

प्रारम्भिक टोली

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट, राजेश परियार ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै