• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री प्रचण्डले पाए संसदमा विश्वासको मत

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत पाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धि प्रस्तावमा भएको मत विभाजनमा सरकारको पक्षमा १७२ मत परेको छ ।  संसदमा उपस्थित २६२ सदस्य मध्ये प्रस्तावको पक्षमा १७२ जनाले मत दिएका थिए भने प्रस्तावको विपक्षमा ८९ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

योसँगै १० दलीय गठबन्धनलाई नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ । यस अघि नेकपा एमाले, राप्रपासहितको गठबन्धन भत्किएर दुवै पार्टीले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका हुन् ।

विश्वासको मतको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय जनमोर्चालगायतले समर्थन गरेका थिए । 

त्यस्तै नेकपा एमाले र राप्रपाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै