• २०८१ बैशाख २२ शनिबार

डुबेको क्रेडिट सुइस बैंकको उद्धार, स्वीस सरकारको पहलमा युबीएससँग मर्जर

kharibot

काठमाडौँ । स्विजरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएस ग्रुप एजीले संकटमा परेको क्रेडिट सुइस बैंक खरिद गर्ने घोषणा गरेको छ ।

रिपोर्टहरूका अनुसार, बैंकिङ संकटको बीचमा देशको दोस्रो ठूलो निजी ऋणदाता युबीएसले क्रेडिट सुइसलाई ३.२  बिलियन डलरमा खरिद गर्ने घोषणा गरेको छ ।

स्वीस नियामक स्विस नेशनल बैंकले युबीएस र क्रेडिट सुइस बैंकबीचको सम्झौतामा प्रमुख भूमिका खेलेको थियो । स्विजरल्याण्ड सरकारले पनि यो सम्झौतामा युबीएसलाई सहयोग गरिरहेको छ । स्वीस सरकारले क्रेडिट सुइसको अधिग्रहणमा संलग्न जोखिमहरूका लागि युबीएसलाई ९ अर्ब फ्र्याङ्क अर्थात् ९.७ बिलियन डलरको ग्यारेन्टी कभर दिने बताएको छ ।

युबीएस र क्रेडिट सुइस बैंकको यो सम्झौताका लागि सरोकारवालाको स्वीकृति पनि खारेज गरिएको छ । क्रेडिट सुइस बैंक किन्न युबीएसलाई सहयोग गर्न, स्विस नेशनल बैंकले १०० अर्ब स्विस फ्र्यांक अर्थात् १०८ बिलियन डलर ऋण पनि दिने भएको छ ।

यस 'सबै शेयर कारोबार' सम्झौता अन्तर्गत, क्रेडिट सुइसका सरोकारवालाहरूलाई प्रत्येक २२.४८ शेयरहरूको लागि युबीएसको १ शेयर दिइनेछ । यो सम्झौता करिब ३ अर्ब स्विस फ्रैंकमा भइरहेको छ । यो सम्झौता मार्च १७ मा बन्द भएको बजारमा क्रेडिट सुइसको शेयरको अन्तिम मूल्यमा हुने बताइएको छ । क्रेडिट सुइसको शेयर अन्तिम कारोबार सत्र अर्थात् शुक्रबार १.८६ स्विस फ्रैंकमा बन्द भएको थियो ।

हेर्ने हो भने यो सम्झौता एकदमै सस्तो मूल्यमा भएको छ तर प्राविधिक रुपमा यो सम्झौता नभएर उद्धार योजना भएको बताइएको छ । एक पत्रकार सम्मेलनमा, स्विस अर्थमन्त्री करिन केलर-सटरले सम्झौता एक व्यावसायिक समाधान भएको बताउदै बेलआउट नभएको बताए ।

यूबीएसका अध्यक्ष कोल्म केहलरले स्विट्जरल्याण्डको वित्तीय ढाँचा बचाउन यो सम्झौता आवश्यक भएको बताएका छन् । विश्वव्यापी वित्तीय संरचनालाई बचाउन पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले यो कदम चालिएको बताइएको छ  । युबीएससँग फिर्ता हुनुको विकल्प थिएन । सरोकारवालाको अनुमतिबाट बच्न स्वीस सरकारले आपतकालीन अध्यादेशको प्रयोग गरेर यो सम्झौता गराएको छ ।

क्रेडिट सुइसले एक विज्ञप्ति जारी गरी यो वर्षको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने अपेक्षा गरेको छ । युबीएसका अनुसार यी दुई बैंकको मर्जरपछि बन्ने संयुक्त बैंकको सम्पत्ति ५ ट्रिलियन डलर हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै